पहिलो चरणको चीन-अमेरिका व्यापार वार्ता सकारात्मक

खरीबोट

चीन । संयुक्तराज्य अमेरिका र चिनीया अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।

व्यापार वार्ता शुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ ।

बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले संवाददाताहरुलाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिए । उनले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताए ।

“मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,” म्याककीनीले भने ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए ।

अमेरिकी उप–व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो ।

वासिङटनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनीया कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ । व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनीया बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।

वार्ताका बारेमा चिनीया वा अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका छन् ।

उनले भने, व्यापार युद्धबाट अमेरिकीभन्दा चिनीया अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ ।

“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुराहरु सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि विश्वास व्यक्त गरे । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन, तर मैले मेरा धारणाहरु अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

सम्बन्धित समाचार

'इरानसँग वार्ताको प्रस्ताव गरेको भनी अमेरिका झूटो बोल्यो'

तेहरान, इरान । अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिकाको समुह चरणका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । कोपामा खेलेका १२ देश मध्ये ८ देशले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । समुह ए बाट

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा रक्षामन्त्री नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका

कोपा अमेरिका : जापानले उरुग्वेलाई बराबरीमा रोक्यो 

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत उरुग्वेलाई जापानले बराबरीमा रोकेको छ । शुक्रबार बिहान भएको खेलमा उरुग्वे र जापान २-२ गोलको बराबरी खेल्दै एक एक अंक बाडेका छन् । उरुग्वेका लागि लुइस स्वरेजले


z