• २०८१ बैशाख ८ शनिबार

प्रियंका र अर्पण अभिनित ‘अनागत’ फिल्मको घोषणा 

kharibot

काठमाडौँ । फिल्म ‘अनागत’ युनिटले राजधानीमा एक कार्यक्रमका बिच फिल्म बारे जानकारी गराएको छ । 

मनोविज्ञानमा आधारित फिल्मले एक परिवारको कथा देखाएको छ । एक परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई फिल्ममा देखाइएको हो । फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । 

फिल्ममा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निवाराह गरेका छन् । प्रमोसन म्याटेरियल रिलिज समारोहमा अर्पण , प्रियंका, प्रविन, रोसिन लगायत उपस्थित थिए । 

‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर श्रेणीमा बनेको फिल्मलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । 

फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै