पाकिस्तानका टेलिभिजनले सयन कक्षको दृश्य देखाउन नपाउने

खरीबोट

इस्लामाबाद । पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् । 

पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो । 

पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ । 

निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ । 

“पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ,” पीईएमआरएद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

वक्तव्यमा लेखिएको छ, “भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोशाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, सयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागुऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरङ्ग सम्वन्धलगायतले पाकिस्तानी संस्कृती र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो नदेखाउनु हुन आग्रह गरिन्छ ।”
 

सम्बन्धित समाचार

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लिन स्विप 

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ । टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो

पाकिस्तानका टेलिभिजनले सयन कक्षको दृश्य देखाउन नपाउने

इस्लामाबाद । पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन् ।  पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज

विमान चालकको नै प्रमाणपत्र नक्कली, पिआइएका तीन पाइलटसहित ५० कर्मचारी बर्खास्त

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ ।  उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

इस्लामाबाद। पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो ।  सूचना


z