काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्सले आफ्नो छैठौ खेलमा हार बेहोरेको छ ।
बुधबार सम्पन्न खेलमा मेलवर्न पार्थ स्कोरचेर्ससँग ६ विकेटले पराजित भएको छ । मेलवर्नका नियमित कप्तान ग्लेन म्याक्सवेल भारतविरुद्धको एकदिवसीय टिममा परेपछि उनि बिना खेलेको थियो । म्याक्सवेलको अनुपस्थितिमा मेलवर्नको कप्तानी नीक माडीनसनले गरेका थिए ।
टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्नले २० ओभरमा ६ विकेट गुमाउदै १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पाएको पर्थले सो लक्ष्य १७.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।
मेलवर्नको टिममा म्याक्सवेलका अलावा सन्दीप लामिछाने, एडम जाम्पा लगायतका खेलाडी अहिले छैनन् ।
पर्थको यस सिजनमा यो दोस्रो जित हो । मेलवर्न भने ६ खेलमा ३ माज इत र ३ मा हार बेहोर्दै ६ अंक सहित लिगमा तेस्रो स्थानमा रहेको छ ।