दादुरा खोप लगाउँदा बालकको मृत्यु

खरीबोट

टीकापुर । बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

“बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो”, मृतक बालकका बुबा वासुदेव चौधरीले भन्नुभयो, “स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।” 

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमसिंह परियारले एकै भाइल सातदेखि १० बालकलाई लगाइने र अरू बच्चामा केही समस्या नभएको बताए । उनले ती बालकलाई यो दोस्रो डोज लगाइएको र कसरी हुन गयो भन्ने कुरा खोप महाशाखा र विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकलाई खबर गरिसकेको बताए । 

टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक नरेन्द्र खनालले खोप लगाउँदा मृत्यु भएको हो भन्ने यकिन भन्न नसकिने बताए । “खोपले गर्दा बच्चाको मृत्यु भए-नभएको टीकापुर अस्पतालमा परीक्षण गर्न सकिँदैन, खोपप्रति आशङ्का भए प्रविधियुक्त अस्तपालमा परीक्षण गर्नुपर्दछ ।

चिकित्सक खनालले भने, “अरू बच्चालाई पनि खोप दिनुपर्ने भएकाले सरकारले आफैँ परीक्षण तथा सजकता अपनाउनुपर्ने बताए । बालकको शवपरीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । 

सम्बन्धित समाचार

वैदेशिक रोजगारको स्वास्थ्य परीक्षणकालागि ५१ वटा संस्थाहरु सूचीकरण 

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य

मुख्यमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली गङ्गालालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले

स्वास्थ्य संस्थामा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

जाजरकोट । डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य


z