लिग कपमा बर्टनमाथि सिटीको गोलको बर्षा, जिससले हाने ४ गोल  

खरीबोट

काठमाडौँ । लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले बर्टन अलबिओनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले बर्टनलाई ९-० गोल अन्तरले पराजित गरेको छ । 

सिटीले पछिल्लो चार दिनमा खेलेका एफए कप र लिगकपका दुई खेलमा कुल १६ गोल गरेको छ । एफए कप अन्तर्गत सिटीले अघिल्लो खेलमा रोथरहामलाई ७-० ले पराजित गरेको थियो ।

सिटीको जितमा गाब्रियल जिससले ४ गोल गरेका थिए भने केभिन डी ब्रुने, फिलिप फोडेन, कीले वाल्कर, रियाज महरेज र जिनचेनकोले एक एक गोल गरेका थिए ।

यो सँगै सिटी सन् १९६७ पछि कुनै खेलमा लगातार ७ गोल गर्ने पहिलो टिम बनेको छ । १९६७ मा लीड्स युनाइटेडले लगातार दुई खेलमा कम्तिमा ७ गोल गरेको थियो ।

साथै लिगकपमा बर्टनको यो सन् १९८६ पछिको सबैभन्दा ठुलो हार हो । १९८६ मा लिभरपुलले फुलह्यामलाई १०-० ले पराजित गरेको थियो ।
     
 

सम्बन्धित समाचार

प्रशिक्षकको निर्देशन नमान्ने चेल्सीका गोलकिपरलाई कारवाही

काठमाडौँ । प्रशिक्षक माउरीजियो सारीको निर्देशनलाई नमान्ने चेल्सीका गोलकिपर केपा एरीजाबालागालाई कारवाही गरिएको छ । कारबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा अन्तिममा चोट लागेको भन्दै प्रशिक्षक सारीले उनलाई सबस्टिच्युट गर्न खोज्दा

म्यान्चेस्टर सिटीले जित्यो लिग कपको उपाधि 

काठमाडौँ । म्यान्चेस्टर सिटीले चेल्सीलाई पराजित गर्दै कराबाओ कप (लिग कप) को उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजति गर्दै लिग कपको उपाधि जितेको

चेल्सी लिग कपको फाइनलमा, उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्ने 

काठमाडौँ । लिग कपको फाइनलमा चेल्सी र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । गएराती भएको सेमिफाइनलको दोस्रो लिगमा पेनाल्टी सुटआउटमा चेल्सीले टोटनह्यामलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । निर्धारित ९०

लिग कपमा बर्टनमाथि सिटीको गोलको बर्षा, जिससले हाने ४ गोल  

काठमाडौँ । लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले बर्टन अलबिओनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले बर्टनलाई ९-० गोल अन्तरले पराजित


z