काठमाडौँ । लिग कपअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले बर्टन अलबिओनलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । गएराती सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले बर्टनलाई ९-० गोल अन्तरले पराजित गरेको छ ।
सिटीले पछिल्लो चार दिनमा खेलेका एफए कप र लिगकपका दुई खेलमा कुल १६ गोल गरेको छ । एफए कप अन्तर्गत सिटीले अघिल्लो खेलमा रोथरहामलाई ७-० ले पराजित गरेको थियो ।
सिटीको जितमा गाब्रियल जिससले ४ गोल गरेका थिए भने केभिन डी ब्रुने, फिलिप फोडेन, कीले वाल्कर, रियाज महरेज र जिनचेनकोले एक एक गोल गरेका थिए ।
यो सँगै सिटी सन् १९६७ पछि कुनै खेलमा लगातार ७ गोल गर्ने पहिलो टिम बनेको छ । १९६७ मा लीड्स युनाइटेडले लगातार दुई खेलमा कम्तिमा ७ गोल गरेको थियो ।
साथै लिगकपमा बर्टनको यो सन् १९८६ पछिको सबैभन्दा ठुलो हार हो । १९८६ मा लिभरपुलले फुलह्यामलाई १०-० ले पराजित गरेको थियो ।