• २०८१ बैशाख ६ बिहीबार

लेगानेजविरुद्ध रियलको सहज जित, रामोसले गरे क्यारियरको सयौ गोल 

kharibot

काठमाडौँ । रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को पहिलो लिगमा लेगानेजलाई ३-० ले पराजित गरेको छ ।

गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा लेगानेजलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ । गतबर्षको कोपा डेल रेमा लेगानेजले रियललाई कोपाबाट बाहिर पठाएको थियो ।

रियलको जितमा सर्जियो रामोस, लुकास भजक्वेज र भिनिसियस जुनियरले एक एक  गोल गरेका थिए ।

रियल म्याड्रिडलाई जिताउने क्रममा कप्तान सर्जियो रामोसले रियल म्याड्रिडका लागि आफ्नो सयौ गोल समेत गरेका छन् ।

ला लिगामा यस सिजनमा खराब प्रदर्शन गरेको रियलले अघिलो खेलमा सोसीयडाडबाट हार बेहोरेको थियो । यस खेलमा ब्राजिलियन १८ बर्षिय भिनिसियसले एक गोल र एक असिस्ट गरेर राम्रो सम्भावना देखाएका छन् ।

रियलले ला लिगाअन्तर्गत अब अर्को खेल आइतबार रियल बेटिससँग खेल्ने छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै