• २०८१ बैशाख ८ शनिबार

सिम्बा दुई सय करोड क्लबमा, रणबीर सिंहको नयाँ रेकर्ड 

kharibot

मुम्बई। बलिवुडको फिल्म फिल्म सिम्बाले भारतीय बक्स अफिस सुपर हिट भएको छ । सिम्बाले रिलिजको १२औ दिनमा दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।

सिम्बाले रिलिजको पहिलो सातामा सिम्बाले १५०.८१ करोड ब्यापार गरेको थियो भने दोस्रो साताको तीन दिनमा सिम्बाले ३९.८३ करोड कलेक्सन गरेर कुल १९०.६४ करोडको कलेक्सन गरेको सिम्बाले सोमबार र मंगलबार ६-६ करोड कलेक्सन गर्दै बक्स अफिसमा २०२ करोड कलेक्सन गरेको छ ।

विश्लेषकहरुबाट राम्रो रिभ्यु पाएको सिम्बालाई पूर्ण मनोरन्जनात्मक फिल्म रहेकोले फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको बताइएको छ । 

सिम्बाले रिलिजको तीन दिनमा ५० करोड, ५ दिनमा सय करोड, ७ दिनमा १५० करोड, १७५ करोड दशौ दिनमा र २०० करोड बार्हौ दिनमा पुरा गरेर रेकर्ड बनाएको छ । साथै फिल्मले भारत बाहेक पनि ७७ करोड कलेक्सन गरेको छ ।

यो सँगै अभिनेता रणबीर सिंहका २०१८ मा रिलिज दुई फिल्मले दुई सय करोडको कलेक्सन गर्न सफल भएका छन् । उनको फिल्म पद्मावतले बक्स अफिसमा ३ सय करोडभन्दा बढी कलेक्सन गरेको थियो । 

साथै सिम्बा रिलिजको पहिलो दिन अभिनेता रणबीर सिंहको अहिलेसम्मको धेरै कलेक्सन गर्ने फिल्म समेत बनेको छ। फिल्म विश्लेषक तरण आदर्शका अनुसार रणबीरको पद्मावतले पहिलो दिन १९ करोडको कलेक्सन गरेको थियो भने गुण्डेले १६ करोड १२ लाख कलेक्सन गरेको थियो। त्यस्तै रामलीलाले १६ करोड र बाजिराव मस्तानीले १२ करोड ८० लाख कलेक्सन गरेको थियो। 

सिम्बा विश्वभर करिब ५ हजार स्क्रिनमा रिलिज भएको छ भने भारतमा मात्र करिब ४१ सय स्क्रिनमा रिलिज भएको छ। फिल्ममा रणबीर सिंह, सारा अली खान र सोनु सुदको प्रमुख अभिनय रहेको यस फिल्ममा अजय देवगनको विशेष भूमिका रहेको छ। 

फिल्ममा रणबीर सिंह प्रहरीको भूमिकामा दबंग र संघमको फ्युजनको रुपमा देखिएका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेको यस फिल्मको निर्देशन चर्चित निर्देशक रोहित शेठीले गरेका छन्। 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै