• २०८१ बैशाख ७ शुक्रबार

विश्वका धनी जेफ बेजोसको डिभोर्स, यस्तो छ कारण 

kharibot

काठमाडौँ । विश्वकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी बेजोसको सम्बन्ध विच्छेद भएको छ । अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका बेजोस दम्पतिले आफ्नो विवाहको २५ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताएका छन् ।

दुवैले सामाजिक संजालबाट आफ्नो दाम्पत्य जीवनको अन्त्य भएको घोषणा गरेका हुन् । उनीरुले जारी गरेको साझा बयानमा भनेका छन्, ‘लामो समयसम्म एक–अर्कासँग प्रेममा रहँदा र फेरि केही समयका लागि दूरीको महसुस भएपछि हामीले सम्बन्ध विच्छेदको निर्णय लिएका छौँ । हामी राम्रो मित्र भने सधैँ रहने छौँ।’

५४ वर्षका बेजोसले २५ वर्षअघि अमेजन कम्पनी सुरु गरेका थिए । अहिले विश्वका धनी व्यक्तिको सूचिमा जेफ सबैभन्दा माथि छन् । उनीसँग १३७ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ । यो माइक्रोसफ्टका बिल गेट्सको भन्दा झण्डै ४५ बिलियन बढी हो ।

यस्तै ४८ वर्षकी म्याकेन्जी साहित्यकार हुन् । उनले दुई पुस्तक लेखेकी छन् । उनका सन् २००५ मा द टेस्टिङ्ग अफ लुथर तथा सन् २०१३ मा ट्रयाप्स पुस्तक सार्वजनिक भएका छन् ।

म्याकेन्जीले डिभोर्स हुदा बेजोसको आधा सम्पत्ति पाउने विषय अहिले चर्चाको विषय बनेको छ । आधा सम्पत्ति पाउदा म्याकेन्जी विश्वकि सबै भन्दा धनी महिला हुने छिन् भने विश्वको धनीहरुको सुचिमा उनी पाचौ स्थानमा रहने बताइएको छ ।

जेफ र म्याकेन्जीका चार सन्तान छन्, तीन छोरा र एक छोरी । छोरी उनीहरुले एड्प्ड गरेका हुन् । जागिरको अन्तर्वार्ताको क्रममा भेट भएका बोसेज र म्याकेन्जीले तीन महिनाको प्रेम सम्बन्धपछि सन् १९९३ मा विवाह गरेका थिए । त्यसको एकवर्षपछि जेफले अमेजन कम्पनी सुरु गरेका थिए । 

बेजोस दम्पतिको डिभोर्स हुनुमा बोसेजको एक टेलिभिजन प्रस्तोता लौरेन सान्चेजसँगको अफ्येर्सलाई जिम्मेवार ठानिएको छ । आफ्ना श्रीमानसँग डिभोर्स गरेर बसेकी सान्चेज पछिल्लो समय बोसेजसँग नजिक रहेको र दुवैको अफ्येर्स रहेको मिडियामा सार्वजनिक भएको थियो । पाइलट समेत रहेकी सान्चेजले आफ्नै कम्पनी चलाएर बसेकी छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै