• २०८१ बैशाख ७ शुक्रबार

प्रधानसेनापति थापा शुक्रबार भारतको औपचारिक भ्रमणमा जादै 

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबारदेखि मित्रराष्ट्र भारतका औपचारिक भ्रमण गर्ने भएका छन् । 

प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

थापा प्रधानसेनापतिमा नियुक्त भएपश्चात् पहिलो पटक हुन लागेको भारत भ्रमणको क्रममा उनलाई पुस २८ गते शनिबार भारतका महामहिम राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । 

दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । 

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले भारत सरकारका रक्षामन्त्री,  राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम समेत रहेको नेपाली सेनाले जनाएको छ । 

सोहि क्रममा प्रधानसेनापति थापाले साउथर्न वेस्टर्न कमाण्ड जयपूर र सेन्ट्रल कमाण्ड लखनऊको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

प्रधानसेनापतिको भ्रमणदलमा श्रीमती दिपा थापा, सैनिक ईण्टेलिजेन्स महानिर्देशक उपरथी झंकर बहादुर कडायत लगायत ७ जना रहने नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति थापासहितको उच्चस्तरिय भ्रमणदल माघ ०२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै