• २०८१ बैशाख ६ बिहीबार

हार्दिक र राहुलको समस्या बढ्दै, दुई खेलमा प्रतिबन्धको सिफारिस !

kharibot

काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेय र केएल राहुलको समस्या बढ्ने देखिएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) प्रशासनिक कमिटीका प्रमुख बिनोद रायले २-२ एकदिवसीय खेलमा दुवैलाई प्रतिबन्ध लगाउने सिफारिश गरेका छन् । 

हार्दिक र राहुलले हालै चर्चित टेलिभिजन शो ‘कफी विथ करन’ मा अन्तरवार्ता दिदै महिलाप्रति अपशब्द बोलेको आरोप लगाउदै २४ घण्टा भित्र जवाफ दिने गरी स्पष्टीकरण सोधिएको थियो । उनीहरुले दिएको जवाफमा रायले चित्त नबुझेपछि उनीहरुलाई २-२ एक दिवसीय खेलमा प्रतिबन्ध लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

रायले आफुले दुवै खेलाडीको जवाफमा सन्तुष्ट नभएको भन्दै दुई खेलमा प्रतिबन्ध लगाउने सिफारिस गरेको बताएका छन् । प्रशासनिक कमिटीका अन्य सदस्यले यस विषयमा कानुनी राय लिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

हार्दिक र राहुलको सो अभिव्यक्ति पछि बिसिसिआईले क्रिकेट बाहेकका यस्ता शोहरुमा क्रिकेटरहरुलाई प्रतिबन्ध लगाउने समेत तयारी गरेको बताइएको छ । 

टेलिभिजन शोमा हार्दिक र राहुलले उनीहरुको महिलाहरुसँगको सम्बन्ध र डेटिङका बारेमा खुलेर कुरा गरेका थिए । उनले महिलाहरुको हिडाईका आधारमा आफुले विचार बनाउने र आफ्नो सम्बन्धका बारेमा आफ्ना माता पितासँग खुलेर कुरा गर्ने गरेको बताएका थिए ।

यसैबिच हार्दिक पाण्डेयले सामाजिक संजालमार्फत सो शोमा आफु बहकिएर अभिव्यक्ति दिएको भन्दै आफ्नो सो अभिव्यक्तिबाट कसैको भावनामा चोट पुगेको भए आफुलाई माफ गर्न आग्रह गरेका थिए ।

पाण्डेय हाल अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियामा रहेका छन् । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १२ जनवरीमा सिड्नीमा हुदै छ ।

अस्ट्रेलियासँगको सिरिज अगाडी नै उनीहरुको यो विषयमा निर्णय हुनसक्ने टाइम्स अफ इंडियाले उल्लेख गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै