• २०८१ बैशाख ७ शुक्रबार

नेपालसँग खेल्ने सिरिजका लागि युएई टिमको घोषणा, नावीद बने कप्तान 

kharibot

युएईका कोच डोउगी ब्राउनसँग बिचमा मोहमद नावीद ।

काठमाडौँ । नेपालसँग हुने एकदिवसीय र टी-२० सिरिजका लागि युएईले आफ्ना खेलाडीको घोषणा गरेको छ । 

आगामी माघ ९ देखि २० गते (जनवरी २३ देखि फेब्रुअरी ३ ) सम्म हुने यस सिरिजमा नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० खेल खेल्ने तय भएको छ ।  

यस सिरिजका लागि युएईले मोहम्मद नावीदको कप्तानीमा टिम घोषणा गरेको हो । नियमित कप्तान रोहन मुस्तफा प्रतिबन्धमा परेका कारण कप्तानीको जिम्मा नावीदलाई दिएको हो ।

मुस्तफालाई युएई क्रिकेट बोर्डले सामाजिक संजाल ट्वीटरमा व्यक्त गरेको अभिव्यक्तिका कारण ८ हप्ताको प्रतिबन्ध लगाएको छ । मुस्तफासँगै अहमद राजा र रामिज शाहजादलाई सो प्रतिबन्ध लगाइएको छ ।

घोषणा गरिएको टिममा कप्तान नावीदसँगै टिममा मोहम्मद उस्मान (उपकप्तान), अस्फक अहमद, चिराग सुरी, शैमन अनवार, मोहम्मद बोटा, घुलाम शबर, इम्रन हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, अब्दुर शाकुर, सुल्तान अहमद र सीपी रिजवान रहेका छन् ।

यो सिरिज खेल्ने नेपाली क्रिकेट टिमको भने अहिले प्रारम्भिक टिम घोषणा गरेर क्लोज क्याम्पमा राखिएको छ । क्लोज क्याम्पपछि नेपाली टिमको घोषणा हुनेछ ।

प्रारम्भिक टिममा परेका खेलाडीहरुमा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भीम सार्की, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद आरिफ शेख, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशान भारी रहेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै