• २०८१ बैशाख ७ शुक्रबार

एनएमबि बैंकले १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश दिने 

kharibot

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारण सभा विहिबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ  ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४-७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । 

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अरब  ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै