• २०८१ बैशाख १२ बुधबार

डा. केसीका अधिकांश माग पुरा भए – प्रवक्ता बास्कोटा 

kharibot

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको अधिकांश माग पूरा भइसकेको सरकारले दाबी गरेको छ । 

शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन बस्ने नभई उत्सव बनाउनुपर्ने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रसारणमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्स्कोटाले डा. केसीका अधिकांश माग पुरा भएको बताएका हुन । 

उनले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसके जस्तो लाग्छ । यसमा के सम्बोधन भएन र ? यो उत्सव मनाउन पर्ने बेला हो जस्तो लाग्छ ।’

डा. केसीले उठाएका ९० प्रतिशत भन्दा बढी माग पुरा भएका छन् भन्दै मन्त्री बास्कोटाले कसको सल्लाहमा फेरी अनसन बसेको थाहा नभएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै