हत्यारालाई सार्वजनिक गर्न माग गर्दै प्रहरी कार्यालय परिसर भित्रै पुगे महिलाहरु

खरीबोट

बर्दिया, गुलरिया । आफ्नै घर भित्र मृत भेटिएकी २५ वर्षीया शुष्मा कुँवरको हत्यामा संलग्न रहेका मृतकका श्रीमान ३५ बर्षिय मोहन बोहरालाई सार्वजनिक गर्न माग गर्दै सयौ को संख्यामा महिलाहरुले जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर भित्रै प्रवेश गरेर नारा जुलुस गरेका छन ।

बिहिवार दिउसोको १ बजे तिर हजारभन्दा बढिको संख्यामा रहेका महिलाहरुको एक समुह गुलरिया नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालय प्रागणमा प्रवेश गरेका थिए । एक्कासि हजार भन्दा बढिको संख्यामा आएका महिलाहरुको समुह प्रहरी परिसरको भित्र प्रवेश गरेर आरोपित मोहन बोहरालाई सार्वजनिक गर्न माग गरेका थिए ।

बोहरालाई सार्वजनिक नगरे सम्म प्रहरी कार्यालय परिसर बाहिर नजाने भने पछि प्रहरीले पक्राउ गरेका मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालय बर्दियाको भवन माथिबाट सार्वजनिक गरिएको थियो । 

मृतकका माइति पक्षका र महिलाहरुको समुहले पक्राउ परेका मोहन बोहरालाई सार्वजनिक नगरे सम्म परिसर बाहिर नजाने भनेपछि बोहरालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।

पक्राउ परेकालाई कडा भन्दा कडा सजाय हुनु पर्ने र मृतकका दुई छोराहरुको पालन–पोषण सरकारले गर्नु पर्ने र्यालीमा सहभागि महिला अधिकार कर्मि बिष्णु नेपालीले बताइन ।

गुलरिया नगरपालिका वडा नं ५ निवासी २५ वर्षिया शुष्मा कुँवर बोहराको सोमबार बेलुकी हत्या गरी भाग्दै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका वडा नं २ को खैरापुरबाट बोहरालाई पक्राउ गरेको थियो ।

मृतक शुष्मा कुँवरको हत्यामा पक्राउ परेका मोहन बोहरालाई सर्वस्वहरण सहित आजिवन कारावास हुनु पर्ने र्यालीमा एक सहभागी बढैया गाँउपालिकाकी महिला अभियन्ता कौसिला सिंहले बताईन् ।

हत्याको आरोप लागेका मोहन बोहराका आमाबुवालाई समेत स्थानीयको उजुरीका आधारमा प्रहरिले पक्राउ गरेको थियो । मृतक शुष्मा बोहराका ससुरा टिकाराम बोहरा र सासु बिज्जु बोहरालाई समेत पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।
 
 

सम्बन्धित समाचार

बाँके–बर्दियालाई कर्णालीमा गाभ्न बहस

सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको

महेन्द्र राजमार्गमा प्रेसरकुकर बम, यातायात ठप्प

बर्दिया, बाँसगढि । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको आज नेपाल बन्दमा महेन्द्र राजमार्गको बिच सडकमा शंकास्पद प्रेसर कुकर बम फेला परेको हो ।  बर्दियाको बाँसगढी नगरपालिका बडा नं

विप्लव समूहको बन्द : बर्दियाको जनजीवन प्रभावित

बर्दिया, गुलरिया । नेपाल कम्युनिस्ट पार्टी माओवादि विप्लव समूहले आव्हान गरेको नेपाल बन्दका कारण पश्चिम नेपाल संगै बर्दियाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दले जिल्ला भित्र रहेका कलकारखानाहरु र

डिशहोमद्वारा बर्दियाका दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण 

बर्दिया । नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम


z