• २०८१ बैशाख १२ बुधबार

हत्यारालाई सार्वजनिक गर्न माग गर्दै प्रहरी कार्यालय परिसर भित्रै पुगे महिलाहरु

kharibot

बर्दिया, गुलरिया । आफ्नै घर भित्र मृत भेटिएकी २५ वर्षीया शुष्मा कुँवरको हत्यामा संलग्न रहेका मृतकका श्रीमान ३५ बर्षिय मोहन बोहरालाई सार्वजनिक गर्न माग गर्दै सयौ को संख्यामा महिलाहरुले जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर भित्रै प्रवेश गरेर नारा जुलुस गरेका छन ।

बिहिवार दिउसोको १ बजे तिर हजारभन्दा बढिको संख्यामा रहेका महिलाहरुको एक समुह गुलरिया नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालय प्रागणमा प्रवेश गरेका थिए । एक्कासि हजार भन्दा बढिको संख्यामा आएका महिलाहरुको समुह प्रहरी परिसरको भित्र प्रवेश गरेर आरोपित मोहन बोहरालाई सार्वजनिक गर्न माग गरेका थिए ।

बोहरालाई सार्वजनिक नगरे सम्म प्रहरी कार्यालय परिसर बाहिर नजाने भने पछि प्रहरीले पक्राउ गरेका मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालय बर्दियाको भवन माथिबाट सार्वजनिक गरिएको थियो । 

मृतकका माइति पक्षका र महिलाहरुको समुहले पक्राउ परेका मोहन बोहरालाई सार्वजनिक नगरे सम्म परिसर बाहिर नजाने भनेपछि बोहरालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।

पक्राउ परेकालाई कडा भन्दा कडा सजाय हुनु पर्ने र मृतकका दुई छोराहरुको पालन–पोषण सरकारले गर्नु पर्ने र्यालीमा सहभागि महिला अधिकार कर्मि बिष्णु नेपालीले बताइन ।

गुलरिया नगरपालिका वडा नं ५ निवासी २५ वर्षिया शुष्मा कुँवर बोहराको सोमबार बेलुकी हत्या गरी भाग्दै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका वडा नं २ को खैरापुरबाट बोहरालाई पक्राउ गरेको थियो ।

मृतक शुष्मा कुँवरको हत्यामा पक्राउ परेका मोहन बोहरालाई सर्वस्वहरण सहित आजिवन कारावास हुनु पर्ने र्यालीमा एक सहभागी बढैया गाँउपालिकाकी महिला अभियन्ता कौसिला सिंहले बताईन् ।

हत्याको आरोप लागेका मोहन बोहराका आमाबुवालाई समेत स्थानीयको उजुरीका आधारमा प्रहरिले पक्राउ गरेको थियो । मृतक शुष्मा बोहराका ससुरा टिकाराम बोहरा र सासु बिज्जु बोहरालाई समेत पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै