काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले शुक्रबार एक दिन पृथ्वी जयन्तीका अवसरमा उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
सो निर्णयमा उपमहानगरपालिकाका वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत सम्पूर्ण कार्यालयहरु बन्द हुने जनाइएको छ ।
उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा रहेका छन् ।
राष्ट्रिय एकता दिबसको अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि काठमाडौँमा चियापान कार्यक्रम राखेको छ । राष्ट्रिय सभा गृहमा बिहान ११:०० बजे देखि नै कार्यक्रम संचालन हुनेछ ।
नेता कार्यकर्ता र साहित्यकारहरुको उपस्थितिमा पार्टी सम्बद्ध साहित्य कला बिभागले कवि गोष्ठीको आयोजना गरिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बर्तौलाका अनुसार बिशिष्ट पाहुनाहरुलाई दिउँसो १:०० बजे देखि ३:०० बजे सम्म आमन्त्रण गरिएको छ । चियापानमा प्रधानमन्त्री,सभामुख , मन्त्रीहरु,सांसदहरु,विभिन्न राजनितीक दलका शिर्ष नेताहरु,सुरक्षा अंगका प्रमुखहरु,उच्च पदस्थ कर्मचारीहरु, उधोगी,व्यापारी,कलाकार,समाजसेवी,खेलाडीका साथै समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको नेता बर्तौलाले जानकारी दिए ।
राप्रपाले पौष २७ गते यस अघि पनि नियमित रुपमा चियापानको आयोजना गर्दै आएको छ ।