• २०८१ बैशाख ७ शुक्रबार

मेसी र स्वरेज बिना बार्सिलोना पराजित 

kharibot

काठमाडौं । बार्सिलोना कोपा डेल रे को अन्तिम १६ को खेलको पहिलो लिगमा लेभान्टेसँग पराजित भएको छ । गएराती भएको खेलमा बार्सिलोना लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

लेभान्टेको जितमा इरिक कबाको र बोर्जा मयोरलले एक एक गोल गरेका थिए भने बार्सिलोनाका लागि फिलिप कोटिन्होले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए ।

बार्सिलोना आफ्ना स्टार खेलाडी लियोनेल मेसी र लुइस स्वरेज बिना खेलेको यस खेलमा हार पछि कोपाबाट बाहिरिने सम्भावना देखिएको छ । बार्सिलोनालाई अब दोस्रो लिगमा लेभान्टेलाई जितेर समग्रमा जित हासिल गर्ने मौका भने रहेको छ ।

बार्सिलोनाले अब अर्को खेलभने आगामी आइतबार आफ्नै घरेलु मैदानमा इबरविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै