किमको निमन्त्रणा चिनियाँ राष्ट्रपति सीद्वारा स्वीकार

खरीबोट

फाइल तस्बीर

सोल, दक्षिण कोरिया । चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकार गरेको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ । 

“चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ ,” केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ । 

“मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण योजनाबारे बताउनुभएको छ,” किमले स्वदेश फर्केपछि उक्त उत्तर कोरियाली समाचार संस्थासँगको कुराकानीमा बताएको जनाइएको छ । 

यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन । 

यदि सी भ्रमणमा आएमा यो चिनियाँ राष्ट्रपतिद्वारा प्योङयाङ आठ बर्ष पछि प्योङयाङ जाने छन् । यस पहिले सन् २०११ मा पूर्व नेता स्वर्गीय किम जोङ–इलको नेतृत्व रहेका समय तत्कालिन राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए ।
 

सम्बन्धित समाचार

ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ : बोल्टन

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुल्ला रहेको बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

उत्तर कोरिया । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई प्योङयाङ

भियतनामका नेता हो चि मिन्हप्रति किमको सम्मान

भियतनाम । भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हाप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गरेका छन् । हाल भियतनाममा रहेका उनले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हाप्रति शनिबार श्रद्धाञ्जलि

ट्रम्प-किम शिखर वार्ता बिना सम्झौता सकियो 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच भियतनाममा भएको दोस्रो शिखर वार्ता बिना सम्झौता सकिएको छ । ह्वाइट हाउसका प्रवक्ता सारा सैन्डर्सका अनुसार शिखर वार्तामा


z