• २०८१ बैशाख ६ बिहीबार

किमको निमन्त्रणा चिनियाँ राष्ट्रपति सीद्वारा स्वीकार

kharibot

फाइल तस्बीर

सोल, दक्षिण कोरिया । चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकार गरेको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ । 

“चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ ,” केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ । 

“मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण योजनाबारे बताउनुभएको छ,” किमले स्वदेश फर्केपछि उक्त उत्तर कोरियाली समाचार संस्थासँगको कुराकानीमा बताएको जनाइएको छ । 

यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन । 

यदि सी भ्रमणमा आएमा यो चिनियाँ राष्ट्रपतिद्वारा प्योङयाङ आठ बर्ष पछि प्योङयाङ जाने छन् । यस पहिले सन् २०११ मा पूर्व नेता स्वर्गीय किम जोङ–इलको नेतृत्व रहेका समय तत्कालिन राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै