• २०८१ बैशाख ११ मंगलबार

सुशासनको कुरा गर्ने सरकार भ्रष्ट्राचारमा लिप्त – प्रकाशमान सिंह 

kharibot

कैलाली । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुशासनको कुरा गर्ने सरकार भ्रष्ट्राचारमा लिप्त रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले आज गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले संसदको अधिकार क्षेत्रभन्दा बाहिर गएर वाइडबडी प्रकरणमा छुट्टै समिति बनाउनु सरकारको नियत ठिक नभएको र भ्रष्ट्राचारलाई प्रसय दिएको प्रष्ट हुने बताए ।

सबैभन्दा लाज मर्दो बिषय संसदीय समितिले प्रतिबेदन नै नदिदै आत्तिएर संसदको  क्षेत्र अधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै समिति बनाउनुले सरकारको नियत ठिक नभएको र मिलोमतोमा लागेको हो कि भन्ने आशंका बढेको बताए ।

यदि सरकारको नियत ठिक थियो भने बिषय बाहिर आउने बितिकै छानबिन गर्न चासो दिन सक्थ्यो भन्दै जब छानबिन समितिले हात हाल्यो रिपोर्ट नै नआउदै हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकोले थुप्रै आशंका जन्माएको बताए । सरकार लगातार सबै क्षेत्रमा असफल भयेको नेता सिंहको कथन थियो ।

सरकार शान्तिसुरक्षा कायम गर्न, सुशासन दिन, विदेश नीति सबै कुरामा असफल भएको भन्दै सत्तारुढ दल भित्रको कचिंगलले अब दुई तिहाईको सरकार अलमलिएको बताए ।

नेविसंघका बारेमा बोल्दै नेता सिंहले आफुले समयमा महाधिवेशन होस् भन्ने चाहेको बताउदै अब समय हुदा काम नगर्नेहरुबाट धेरै आशा गर्न नसकिने बताए । अब नेविसंघमा महाधिवेशनको लागि नयाँ कमिटि बनाएर जानुपर्ने र स्ववियु चुनाव गर्न समेत कमिटी बनाउनु पर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै