• २०८१ बैशाख ११ मंगलबार

लसभेगास प्रहरीले रोनाल्डोको डिएनए माग्यो 

kharibot

काठमाडौँ । बलात्कार आरोप गरेको लागेका फुटबलर क्रिस्टियानो रोनाल्डोसँग लसभेगास प्रहरीले उनको डीएनए नमुना माग गरेको छ । 

रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डिएनए मागेको पुष्टि गर्दै प्रहरीले डिएनएका लागि अनुरोध गरेको बिबिसीले उल्लेख गरेको छ । 

अमेरिकी पूर्वमोडेल क्याथरिन मायोग्राले सन् २००९ मा लसभेगसको पालम्स होटल एन्ड क्यासिनोको नाइट क्लबमा भेटेपछि रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।

रोनाल्डोले भने लसभेगसमा भएको घटना आपसी समझदारीमा भएको पहिल्यै उल्लेख गरेकाले यस विषयमा प्रहरीले डीएनएको नमुना माग्नु स्वभाविक प्रक्रिया भएको उनले बताएको बिबिसीले जनाएको छ । 

क्याथरिनले लासभेगास प्रहरीमा सन् २००९ मा नै बलात्कारको घटनाका बारेमा उजुरी दिएको बह्येपनि क्याथरिनले घटना भएको स्थान वा संदिग्ध व्यक्तिको परिचय नखुलाएको प्रहरीले जनाएको छ ।

यद्यपि, २०१० मा रोनाल्डो र क्याथरिनबीच अदालतमार्फत आरोप सार्वजनिक नगर्ने सम्झौता भएको र सो बापत रोनाल्डोले उनलाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएको रिपोर्ट यसअघि नै सार्वजनिक भएको छ ।

गत अक्टोबरमा जर्मन म्यागेजिन डेर स्पेगलबाट उक्त घटना सार्वजनिक भएपछि क्याथरिनले रोनाल्डोको नाम किटान गरेर प्रहरीमा फेरि उजुरी दिएकी थिइन्। त्यसपछि प्रहरीले रोनाल्डोमाथि अनुसन्धान सुरु गरेको थियो।            

आरोप सार्वजनिक भएपछि बेलायतबाट प्रकासित हुने 'द सन' ले  रोनाल्डो र क्याथरिन एक रात्रि क्लबमा सँगै देखिएका तस्विरहरु सार्वजनिक गरेको थियो।

स्पेगलबाट सार्वजनिक भएको उक्त घटनालाई पहिले रोनाल्डाले 'फेक न्युज' भनेका थिए। पछि उनले ट्विट मार्फत क्याथरिनले लगाएको यौन शोषणको आरोपको खण्डन गरेका थिए । 

हाल इटालियन क्लब युभेन्टसबाट फुटबल खेलिरहेका रोनाल्डोको यस घटनालाई रियल म्याड्रिड छोडेपछि यस्तो घटना बाहिर आएको घटनाका रुपमा पनि ब्याख्या गरिरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै