• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : नेप्से ११ सय ८० दसमलव ८४ बिन्दुमा 

kharibot

काठमाडौं । यो साता सेयर बजार परिसुचक बिन्दुमा ११ सय ८० दसमलव ८४ बिन्दुमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ५० दसमलव ६५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार कक्ष यो साता पाँचै दिन खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन बजार ओरालो लागेको थियो भने दोस्रो, चौथो र पाँचौ दिन बजार उकालो लागेको थियो । 

पहिलो दिन सात दसमलव २२ अंकले ओरालो लागेर सेयर बजार परिसुचक ११ सय ७० दसमलव ७९ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव तीन अंकले झरेर दुई सय ४८ दसमलव ५६ अंकमा सिमित हुन पुगेको थियो । 

यसैगरी तेस्रो दिन पनि सेयर बजार शुन्य दसमलव चार अंकले ओरालो लागेर ११ सय ७७ दसमलव सात अंकमा सिमित भएको थियो भने सेन्सिटिभ शुन्य दसमलव शुन्य नौ अंकले ओरालो लागेर दुई सय ४९ दसमलव ८४ अंकमा सिमित भएको थियो । 

साताको दोस्रो दिन भने बजार परिसुचक छ दसमलव ६७ अंकले उकालो लागेर ११ सय ७७ दसमलव ४६ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३७ अंकले उकालो लागेर दुई सय ४९ दसमलव ९३ अंकमा चढेको थियो । यसैगरी साताको चौंथो दन पनि बजार परिसुचक दुई दसमलव २९ अंकले उकालो लागेर ११ सय ७९ दसमलव ३६ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ४२ अंकले उकालो लागेर दुई सय ५० दसमलव २६ अंकमा चढेको थियो ।

साताको पाँचौं दिन भने सेयर बजार परिसुचक एक दसमलव ४८ अंकले उकालो लागेर ११ सय ८० दसमलव ८४ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३९ अंकले उकालो लागेर दुई सय ५० दसमलव ६५ अंकमा चढेको थियो ।  

यो साता धितोपत्र बजारमा कुल एक सय ६५ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार १७ हजार नौ सय ९७ वटा कारोवारमा ६२ लाख ८८ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६६ करोड ९२ लाख ९२ हजार ६७ रुपैयाँ पुगेको छ ।

कारोवार रकम गत साताको तुलनाका केही कम हो । गता साता झण्डै एक सय ६७ वटा कम्पनीहरुको २१ हजार तीन सय ६२ वटा कारोवारमा ४६ लाख ५४ हजार एक सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६१ करोड ७७ लाख तीन हजार छ सय ६८ रुपैयाँ पुगेको थियो । 

यो साता कारोवार रकम एवं कारोवार संख्याको आधारमा एनएमी बैंक, एनआईसी एशिया बैक, नेपाल बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै