• २०८१ बैशाख ७ शुक्रबार

चार दिनदेखि आन्दोलित हेल्थ असिस्टेन्टले सामूहिक राजीनामा दिने 

kharibot

 काठमाडौं । देशको नयाँ प्रशासनिक संरचनाअनुसार नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्टलाई अन्याय गरेको भन्दै आन्दोलित हेल्थ एसिष्टेन्ट(एचए)हरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। दबाबका लागि काठमाडौं आइपुगेका उनीहरुले मन्त्रालयले सुनुवाइ नगरे सामूहिक राजीनामा दिने तयारी गरेका हुन्।

हेल्थ एसिस्टेन्ट संघको केन्द्रीय सदस्य  उदयकुमार महतोले  प्रस्तावित संगठन संरचनामा आफूहरुको असहमति भएको बताए । उनले लोकसेवाको प्रक्रियाबाट आएको कर्मचारीलाई  जिम्मेवारी दिनुपर्ने, शैक्षिक योग्यताको कदर हुनुपर्ने भन्दै ४ दिनदेखि आन्दोलन गरिरहे पनि सम्बन्धित निकायले माग सम्बोधनमा कुनै चासो नदेखाएकाले सामूहिक राजीनामा दिने तयारी गरेको बताए ।

आन्दोलनकै सहभागी अर्का धनुषाका विजय महासेठले पनि तहगतलाई छोडेर पदीय जिम्मेवारीको रुपमा  हेल्थ एसिस्टेन्टहरुलाई  काम कर्तव्यमा बाँडियोस् भन्ने आफूहरुले चाहेको बताए ।  उनले भने, तर यहाँ तहमा  काम गरे पनि नगरे पनि, शैक्षिक योग्यता  होस् या नहोस्  ४ वर्षपछि  पाँचौँ र अर्को ५ वर्षपछि  छैटौँ  र सातौँ हुने भएकाले यो राम्रो हैन । स्वास्थ्य जस्तो संवेनशील कुरामा  तहगतलाई अगाडि लगेर  एमबीबीएसलाई छोड्ने हो त ?   

केही दिनदेखि हेल्थ असिस्टेन्ट संघको नेपाल हानको अगुवाइमा  मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम भइरहेको छ। उनीहरुको आन्दोलनले मन्त्रालय तनावग्रस्त भएपछि प्रहरी परिचालन गरी मन्त्रालयभित्र प्रवेश निषेध गरिएको छ।

एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।  

नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाए पनि हाम्रो माग सुनुवाइ नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गर्नै बाध्य भएको र  यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप  गरेर आवाज दबाउने कोसिस गरेको उनीहरुको भनाइ छ ।  हाल ७ हजार हेल्थ  हेल्थ असिस्टेन्टहरु सेवामा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै