• २०८१ बैशाख ७ शुक्रबार

'भारतीय स्थल सेनाको मानार्थ महारथी'को सम्मान लिन प्रधानसेनापति भारत प्रस्थान

kharibot

काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज छिमेकी देश भारतको भ्रमणमा गएका छन् । उनी आगामी माघ ०२ गतेसम्म औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ । 

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए । प्रधानसेनापतिको नियुक्तिपश्चात् पहिलो पटक हुन थापाले भारत भ्रमण गर्नलागेका हुन् । उनलाई भ्रमणकै दौडान भोलि शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टर्न कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनको अनुपस्थितिमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै