थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको पहिलो खेल चीनसँग

खरीबोट

फाइल तस्बिर ।

काठमाडौँ /  थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । 

भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा छन् । 

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री रहनुभएको छ । उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा हुनुहुन्छ । 

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर हुनुहुन्छ । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई हुनुहुन्छ । टोलीको प्रशिक्षकमा विनोद दास छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । 

सम्बन्धित समाचार

टेस्ट क्रिकेटमा पहिलो जितका लागि कुन देशले कति खेल खेले ?

काठमाडौँ । टेस्ट क्रिकेटको कान्छो देश अफगानिस्तानले टेस्ट क्रिकेटमा दोस्रो खेलमै जित हासिल गरेपछि टेस्ट क्रिकेटमा शानदार सुरुवात गरेको छ  ।  २०१७ को जुनमा आइसीसीएल अफगानिस्तानलाई टेस्ट क्रिकेटको मान्यता दिएपछि अफगानिस्तानले

टेस्ट क्रिकेटमा अफगानिस्तानको पहिलो जित 

काठमाडौँ । अफगानिस्तानले टेस्ट क्रिकेटमा आफ्नो पहिलो जित हासिल गरेको छ । २०१७ को जुनमा टेस्ट क्रिकेटको मान्याता पाएको अफगानिस्तानले आफ्नो दोस्रो टेस्टमा जित हासिल गरेको हो । अफगानिस्तान आयरल्याण्डविरुद्धको टेस्टमा

वर्ल्डकप क्वालिफायरला लागि यू–१९ क्रिकेट टोली घोषणा

काठमाडौँ । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान

भारतमा अभ्यास खेल खेल्ने यू-१९ टिमको घोषणा, को को परे ?

काठमाडौँ । अन्डर १९ विश्वकप क्रिकेट छनौट खेलको तयारीका लागि भारत जाने १८ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ । भारतमा हुने ४ अभ्यास खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय


z