• २०८१ बैशाख ७ शुक्रबार

प्रभु बैंकद्धारा पिबिएल मास्टर कार्ड सञ्चालनमा

kharibot

काठमाडौँ । प्रभु बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आफ्ना ग्राहकहरुको लागि पिबिएल मास्टर कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले विहिबार एक समारोहमा पिबिएल मास्टर कार्डको औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो ।

डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर कार्ड र नेपालस्थित प्रभु बैंक लि. को साझेदारीमा इएमभी चिप बेस्ड पिबिएल मास्टर कार्ड सञ्चालनमा ल्याईएको हो ।

पिबिएल मास्टर कार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो । उक्त समारोहमा उपस्थित महानुभावहरुलाई प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्दै प्रभु बैंकले मास्टरकार्ड सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।

उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा इएमभी चिप बेस्ड पिबिएल मास्टर कार्डसेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।

पिबिएल मास्टर कार्डको औपचारिक शुभारम्भ कार्यक्रमको समापन गर्दै प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देवि प्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको मास्टर कार्ड मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताए । यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै