• २०८१ बैशाख ७ शुक्रबार

नेपालगञ्जमा पृथ्वी जयन्तीको बिदाप्रति नेकपाको विरोध, १० वडामा काम सुचारु 

kharibot

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले दिएको शुक्रबार पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा सबै वडामा लागु भएको छैन ।  बिदा दिने निर्णयको विरोध गर्दै नेकपा विजयी भएका वडा कार्यालयमा नियमित कामकाज भइरहेको छ ।

नेपालगञ्जका २३ मध्ये साविक एमालेले ६ र माओवादी केन्द्रले ४ गरी हालको नेकपाले १० वटा वडा जितेको हो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुले शुक्रबार नियमित कामकाज गरिरहेको पाइएको छ ।

वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्माले नेकपाले जितेका सबै १० वटै वडामा शुक्रबार नियमित कामकाज भइरहेको बताएका छन् । 

सेवाग्राहीले अघिल्लो दिनझै कार्यालयमा काम लिएर आएको बताउँदै वडा नम्बर १ का वडा वडा अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले स्थानीयरुपमा सार्वजनिक बिदा दिएर पृथ्वी नारायण शाहको सम्मान नहुने भन्दै पृथ्वी जयन्तीको अवसरमा औपचारिक कार्यक्रम गर्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै