• २०८१ बैशाख ११ मंगलबार

श्रीलंकाले न्युजिल्यान्डसँग टेस्ट र एकदिवसीय सिरिजपछि टी-२० पनि गुमायो 

kharibot

काठमाडौँ । न्युजिल्याण्ड भ्रमणमा रहेको श्रीलंकाले टी-२० खेलमा पराजित हुदै न्युजिल्याण्डको टुर टुंगाएको छ । शुक्रबार सम्पन्न एक मात्र टी-२० खेलमा न्युजिल्याण्ड ३५ रनले विजय हुदै श्रीलंकालाई टेस्ट र एकदिवसीय सिरिजसँगै टी-२० खेलमा पनि पराजित गरेको छ ।

न्युजिल्यान्डले दिएको १८० रनको लक्ष्य पछाएको श्रीलंका १६.५ ओभरमा १४४ रन बनाउदै अल आउट भएपछि न्युजिल्याण्ड ३५ रनले विजयी भएको हो । श्रीलंकाका लागि तिशारा परेराले सरधिक ४३ रनको पारी खेलेका थिए भने कुशल परेराले २३ तथा निकोलस डिकवेलाले १८ रन बनाएका थिए ।

न्युजिल्यान्डका बलर इश सोढ़ी र लोकी फर्गुशनले ३-३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउदै १७९ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डग ब्रेसवेलले सर्वाधिक ४४ रन बनाएका थिए भने स्कट कुगेलेजनले ३५ रन अविजित बनाएका थिए । त्यस्तै रोज टेलरले ३३ रन र कोलिन मुन्रोले १६ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर कशुन राजिथाले ३ विएक्त लिए भने लातिस मालिंगाले २ विकेट लिएका थिए ।

श्रीलंका न्युजिल्यान्डको यो टुरमा तीन खेलको टेस्ट सिरिज १-० ले, तीन खेलको एकदिवसीय खेल ३-० ले र एक खेलको टी-२० सिरिज १-० ले गुमाएको छ । 
 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै