• २०८१ बैशाख १४ शुक्रबार

नासाको प्लानेट हन्टरको ‘सर्च अपरेसन’ जारी, पत्ता लाग्दै छन् अनौठा ‘सुपरअर्थ’हरु 

kharibot

काठमाडौं । अर्को पुस्ताको एक्सोप्लानेट हन्टरले अनौठा संसार पत्ता लगाएको वैज्ञानिकहरुले जनाएका छन् । नासाले हाम्रो सौर्यप्रणालीबाहिर सम्भावित पृथ्वीजस्तै ग्रहहरुको खोजी गर्न प्रक्षेपण गरेको टेस (ट्रान्जिटिंग एक्सोप्लानेट सर्वे स्याटेलाइट)ले नयाँ र अनौठा ग्रहहरु खोज्ने काम सुरु गरिसकेको वैज्ञानिकहरुले बताएका छन् । उसले चार महिना अन्तरिक्ष अवलोकनका क्रममा आठवटा ग्रहहरु पत्ता लगाइसकेको छ । 

गत वर्षको अप्रिलमा टेसको लञ्च गरिएको थियो । यसले पनि नासाको अघिल्लो केप्लर स्पेस टेलिस्कोपले जस्तै ग्रहहरुको खोजीक्रमलाई नै निरन्तरता दिने गरी वैज्ञानिकहरुले डिजाइन गरेका थिए । केप्लर टेलिस्कोपले दशक लामो अन्तरिक्ष अवलोकनपछि गत अक्टोबरमा काम गर्न छोडेको थियो । टेसले अन्तरिक्षमा रहेका ग्रहहरुको अवस्थाको समेत अवलोकन गर्ने विश्वास गरिएको छ ।

केप्लरभन्दा अलिक उन्नत टेस स्याटेलाइटले हरेक महिना नयाँ नयाँ आकाशको स्क्यान समेत गर्ने गर्छ । प्रक्षेपणको दुई वर्ष अवधिमा टेसले ३ सय ६० डिग्रीमा पृथ्वीको अर्बिटबाट देखिने आकाश समेत कभर गर्नेछ । पहिलो चार सेग्मेन्टमा टेसले ८ वटा निश्चित गरिसकेको छ भने ३ सय २० वटा अन्य ग्रहहरु समेत अवलोकन गरिसकेको छ । जुन निश्चित गर्न बाँकी छ ।

टेसले पत्ता लगाएको तेस्रो ग्रह एचडी२१७४९बी पृथ्वीदेखि ५२ प्रकाशवर्ष मात्रै टाढा रहेको छ भने यसको तापक्रम पनि न्यून रहेको बताइएको छ ।  

त्यसो त वैज्ञानिकहरुले यसलाई अध्ययन अवलोकनको लागि महत्वपूर्ण ग्रह साबित हुन सक्ने बताएका छन् भने २०२१ मा लन्च हुने जेम्स वेब स्पेस टेलिस्कोपले अन्य तथ्य पत्ता लगाउने आशा गरेको बताइएको छ । वेब टेलिस्कोपले त्यस्ता ग्रहको वायुमण्डलमा प्रकाश पठाएर तिनको अवस्थाबारे अध्ययन गर्नेछ भने जीवनका लागि आवश्यक संकेतको खोजी समेत गर्नेछ । वैज्ञानिकहरुले उक्त ग्रहलाई कुल प्लानेट भनेका छन् । उक्त ग्रहले ३६ पृथ्वीको दिन लगाएर आफ्नो सूर्य ९तारा०को परिक्रमा गर्ने बताइएको छ । 

यसको मूल ताराबाट आउने तापक्रम सिधै सतहमा पुग्दा १ सय ५० डिग्री सेल्सियस हुनसक्ने अनुमान गरिएको छ । जुन भनेको एकदमै तातो पानी रहेको अवस्था हो । यो ग्रह पृथ्वीभन्दा २.८४ गुणा ठूलो र २३.२ गुणा बढी फराकिलो रहेको बताइएको छ । वैज्ञानिकहरुले सोही कारण यसमा बाक्लो वायुमण्डल रहेको हुनसक्ने आँकलन गरेका छन् । त्यस्तै यसमा पृथ्वीको जस्तै कतिपय समानता रहेको समेत विश्वास गरिएको छ ।

सानो, न्यानो र पृथ्वीजस्तै ग्रह विशाल ब्रह्माण्डमा निकै थोरै मात्रै रहेको हुनसक्ने विश्वास गरिएको छ ।

टेसले पत्ता लगाएका अन्य ग्रहहरु पनि किसिम किसिमका विचित्रयुक्त रहेको वैज्ञानिकहरुको भनाइ छ । टेसले पहिलो ग्रह पि मेनसाइ सेप्टेम्बरमा पत्ता लगाएको थियो । यसले आफ्नो तारालाई हरेक ६.२७ दिनमा घुम्ने र यो पृथ्वीको आकारभन्दा २.१४ गुणा ठूलो तथा यसको मास ४.८ गुणा धेरै रहेको बताइएको छ । पत्ता लागेका ग्रहको अनौठो अर्बिट सिष्टमदेखि वैज्ञानिकहरु आफैँ चकित भएको समेत बताइएको छ ।

टेसले पत्ता लगाएको दोस्रो ग्रह एलएचएस३८४४बी हो । जहाँको सतहको तापक्रम ५ सय ४० डिग्री सेल्सियस रहेको मानिएको छ, जसलाई वैज्ञानिकहरुले लाभा संसार भनेका छन् । टेसले चन्द्रमाको गुरुत्वाकर्षणभित्र स्थायी कक्षमा अर्बिट गरिरहेको र यसलाई त्यहाँ रहन कुनै इन्धन खर्च गरिरहनुपर्ने आवश्यकता नभएको बताइएको छ । त्यसको इन्धन दिशा परिवर्तन गर्दा चाहिने वैज्ञानिकहरुले बताएका छन् । जसका कारण टेससँग ३०० वर्षका लागि धान्ने इन्धन मौज्दात रहेको बताइएको छ ।  

  • एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै