• २०८१ बैशाख ७ शुक्रबार

हिमालयन बैंकद्धारा थप सुरक्षित मास्टरकार्ड डेबिट कार्ड शुभारम्भ 

kharibot

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुको लागि औपचारिक रुपमा आज पौष २७ गतेबाट अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेको छ । 

यस अवसरमा हिमालयन बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २०% सम्म छुट पाउने छन् । यसै अवसरमा बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यस बाहेक मास्टरकार्ड धारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 

बैंकद्घारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषण गरेका हुन् ।

उक्त अबसरमा बोल्दै बैंकका कार्यकारी प्रमुख राणाले मास्टरकार्डसंग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनले उक्त कार्डद्धारा बैंकका ग्राहकले अझ बढि सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे । उनले उक्त कार्ड अत्याधुनिक चिप र पिन बाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निशुल्क प्रदान गर्ने जानकारी गराए । ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो एटिएम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन् । 

उक्त अवसरमा मास्टरकार्डका तर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले उक्त प्रगति पथमा हिमालयन बैंकसंग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताएका छन् । उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन् । उनले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा उक्त कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभुतिले उक्त कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए । साथै उनले नेपालमा नगद रहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिबद्ध रहेको बताए ।

हिमालयन बैंकका ग्राहकहरुले देशभरि भएका आफ्ना ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने तथा १११ वटा एटिएम मार्फत प्रयोग गर्न सक्ने छन् । साथै उक्त कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी गराएको छ । हिमालयन बैंक लिमिटेडले ग्राहकहरुका लागी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको पनि जानकारी गराएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै