कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

खरीबोट

काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । 

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिए । बैंकले आव २०७४÷७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । 

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड २५ लाख छ ।  
 

सम्बन्धित समाचार

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

काठमाडौँ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव

दुर्गम ठाउमा कृषि विकास बैंकका शाखा 

काठमाडौँ । कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा आफ्ना शाखा कार्यालय खोलेको छ । यातायातको पनि सुविधा नभएका ठाउंमा बैंकले आफ्ना नयाँ शाखा विस्तार गरेको छ । यसैक्रममा बैंकले

बाराको कोल्हवीमा कृषि विकास बैंकको बैकिङ्ग शाखा कार्यालय उद्घाटन 

बारा । बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा कृषि विकास बैंकको शाखा कार्यालयको पौष २१ गतेका दिन उदघाटन भएको छ ।  शाखको उद्घाटन प्रमुख अतिथीद्धय सम्माननिय प्रधानमन्त्रीज्यूका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली,

चितवनको विरेन्द्रनगरमा कृषि विकास बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चितवन । कृषि विकास बैंक, चितवनको पर्सा खैरहनी बैंकको मध्यमाञ्चल क्षेत्रीय तालीम केन्द्र बिरेन्द्रनगरमा एक दिने वित्तिय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।  कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी


z