• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिखका फरवार्ड मुलरलाई च्याम्पियन्स लिगका दुई खेलमा प्रतिबन्ध

kharibot

फाइल तस्बीर

काठमाडौँ । बायर्न म्युनिखका फरवार्ड थोमस मुलरलाई च्याम्पियन्स लिगका दुई खेलमा प्रतिबन्ध लागेको छ । 

समुह चरणको अन्तिम खेलमआमा एजाक्सविरुद्ध रातो कार्ड पाएर मैदानबाट बाहिरिएका जर्मनीका फरवार्डलाई युईएफएले दुई खेलका लागि प्रतिबन्ध लागाय पछि बायर्नको अन्तिम १६ को खेलमा लिभरपुलसँग हुने दुवै खेल मुलरले गुमाउने भएका छन् । बायर्नले भने युइएफएको सो निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ ।

२९ बर्षिय मुलर बायर्नमा खेलेको ४६० खेलको क्यारियरमा पहिलो पटक रातो कार्ड पाएर खेल गुमाउन पुगेका छन् । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगको बायर्न र लिभरपुलबिचको खेल फेब्रुअरी १३ र दोस्रो लिग मार्च १३ मा हुदै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै