• २०८१ बैशाख १२ बुधबार

विवेकशील साझा पार्टी फुट्यो, संयोजक थापाले दर्ता गरे नयाँ दल 

kharibot

काठमाडौं । विवेकशील साझा पार्टी बिभाजन भएको छ । दुई संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा दर्ता गरिएको नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यो समूहका प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल रहेको बताइएको छ । विवेकशीलका ३५ मध्ये १६ केन्दीय सदस्यले नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छन् ।  

१६ महिना अघि तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी बनेकोमा गत पुस १६ गते संयोजकमध्येका एक थापाले विवेकशील साझा पार्टीका सदस्यहरुका लागि भन्दै तयार पारेको १८ पृष्ठ लामो समीक्षा प्रतिवेदनमा पार्टी गलत बाटोमा हिँडिरहेको दावी गर्दै अहिलेको पार्टी संचालनमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै