• २०८१ बैशाख ७ शुक्रबार

म्याक्सवेल र सन्दीपको अनुपस्थितिमा मेलवर्नको लगातार दोस्रो हार 

kharibot

काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्सले आफ्नो सातौ खेलमा हार बेहोरेको छ । यो हारसहित मेलवर्नले लिगमा चौथो हार बेहोरेको छ । 

शुक्रबार सम्पन्न खेलमा मेलवर्न एडिलेड स्क्राइकर्ससँग ४१ रनले  पराजित भएको हो । एडिलेडले दिएको १७९ रनको लक्ष्य पछाएको  मेलवर्न १९.२ ओभरमा १३७ रन बनाउदा अलआउट भएको थियो । 

मेलवर्नका नियमित कप्तान ग्लेन म्याक्सवेल, नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुपस्थित रहदा लगातार दुई खेलमा हार बेहोरेको छ । म्याक्सवेल भारतविरुद्धको एकदिवसीय टिममा परेपछि मेलवर्न छोडेका छन् बहने सन्दीप हाल पुर्वसम्झौता अनुसार बंगलादेश प्रिमियर लिग खेलिरहेका छन् । 

यो हारपछि मेलवर्न लिगमा पाचौ स्थानमा पुगेको छ भने एडिलेड दोस्रो स्थानमा उक्लिएको छ । एडिलेडको ७ खेलमा ८ अंक छ भने मेलवर्नको ७ खेलमा ६ अंक रहेको छ ।
लिगमा मेलवर्न अब अर्को खेल आगामी सोमबार लिगको शिर्ष स्थानमा रहेको होबर्ट हुरीक्यानसँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै