• २०८१ बैशाख ६ बिहीबार

सरकारविरुद्ध तरुण दलले सातै प्रदेशमा आन्दोलन गर्ने

kharibot

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुणदलले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । 

तरुण दलका महामन्त्री भुपेन्द्रजङ्ग शाहीका अनुसार अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङ्गी, मुल्यबृद्धी, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध कार्यक्रम सार्वजनिक गरेको छ । 

तरुणदलले विज्ञप्ति जारी गर्दै बिरोध र्याली र बिरोध सभा लगायतका कार्यक्रम गर्ने जनाएको छ । 

विरोध कार्यक्रम माघ ८ गते प्रदेश एक बिराटनगर, माघ ९ गते प्रदेश दुई जनकपुर, माघ १० गते प्रदेश तीन हेटौंडा, माघ ११ गते गण्डकी प्रदेश, पोखरा, माघ १२ गते प्रदेश पाँच भैरहवा, माघ १३ गते प्रदेश कर्णाली प्रदेश, सुर्खेत र माघ १४ गते सुदूर पश्चिम प्रदेशको धनगढीमा गर्ने नेपाल तरुणदलका महसचिव शाहीले जारी गरको विज्ञप्तिमा जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै