काठमाडौँ — नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।
वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा १८५ देखि ३४५ रुपैयाँसम्म भाडा घटेको छ । उनले भने, ' आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा १ सय ८५ रुपैयाँसम्म घटाएइको छ ।'
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो ।
नयाँ हवाई भाडा यस्तो छ :
माउण्टेन फ्लाइट ११,३००/- रुपैयाँ
काठमाण्डौ–पोखरा ५०५०/- रुपैयाँ
काठमाण्डौ–भरतपुर ३६५०/- रुपैयाँ
काठमाण्डौ–विराटनगर ७५५०/- रुपैयाँ
काठमाण्डौ–जनकपुर ४३००/- रुपैयाँ
काठमाण्डौ–सिमरा ३१२०/- रुपैयाँ
काठमाण्डौ–भैरहवा ६२००/- रुपैयाँ
काठमाण्डौ–धनगढी १२,६५०/- रुपैयाँ
काठमाण्डौ–नेपालगञ्ज १०,०००/- रुपैयाँ
काठमाण्डौ–भद्रपुर ९१००/- रुपैयाँ
काठमाण्डौ–तुम्लिङटार ६,०००/- रुपैयाँ