राजश्व जम्मा हुने बैंकका शाखा शनिबार पनि खोल्न निर्देशन 

खरीबोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । 

बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । 

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । 

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।  
 

सम्बन्धित समाचार

सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौँ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म

शोधान्तर घाटा बढेर ८५ अर्ब पुग्यो  

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु एक खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु

रेमिट्यान्स बढ्यो 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महीनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही

हिमाली क्षेत्रमा मूल्य बढ्यो

काठमाडौँ ।हिमाली क्षेत्रमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मुद्रास्फीति हिमालमा चार


z