राजश्व जम्मा हुने बैंकका शाखा शनिबार पनि खोल्न निर्देशन 

खरीबोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । 

बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । 

अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ । 

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । बैंकले क, ख र ग वर्गका बेंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।  
 

सम्बन्धित समाचार

ऋणको विवरण उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ । बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले

लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन, कार्य क्षेत्र विस्तार गर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ ।  बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा सम्पन्न गरेको, पछिल्लो तीन

साधारण शेयरलाई संस्थापक शेयरमा परिणत गर्न नपाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ


z