कर्मचारी समायोजनका लागि आवेदकको सङ्ख्या वृद्धि

खरीबोट

काठमाडौँ । कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनका लागि फारम भर्नेको सङ्ख्या बढेको छ । 

पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिए । 

उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । ‘‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उनले भने, ‘‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।’’ 

अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् ।

मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्र्दैछ ।  
 

सम्बन्धित समाचार

करीब ५१ हजार कर्मचारीले रोजे समायोजन

काठमाडौँ । कर्मचारी समायोजनका लागि फाराम भर्न समय दुई दिनमात्र रहँदा ५१ हजार ३२२ जनाले समायोजन रोजेका छन् ।  बुधबारसम्म समायोजनका लागि फाराम भर्ने अन्तिम समय सीमा तोकिएको छ । यही

कर्मचारी समायोजन अध्यादेशविरुद्ध रिट

काठमाडौँ । सर्वोच्च अदालतमा कर्मचारी समायोजन गर्दा स्वेच्छिक हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद्लाई विपक्षी

नार्कमा कर्मचारी अभाव

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै

किताबखानामा अद्यावधिक नभएका कर्मचारीले समायोजनका लागि फाराम भर्न पाउने

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा


z