• २०८१ बैशाख १३ बिहीबार

तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथाको विमोचन

kharibot

काठमाडौँ । तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ आज सार्वजनिक भएको छ । कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले उक्त आत्मकथा विमोचन गरेका छन् । 

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमार्फत बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताए । उनले तेस्रो लिङ्गीलाई बुझ्ने माध्यमको रुपमा यो किताब ‘माइलस्टोन’ हुनेमा आशावादी रहेको बताए । 

कार्यक्रममा नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा दुःख व्यक्त गरेकी थिइन् । “यो किताबका माध्यमबाट त्यो कुरा चिरिने छ,” उनले भनिन् । 

साहित्यकार तथा पत्रकार अश्विनी कोइरालाले पुस्तकले धर्मका कुरा ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी व्यक्त गरेका थिए । पुस्तकमा मानवीय जनजीवनको महत्वपूर्ण पाटो समेटिएको छ । 

तेस्रो लिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण समेत यसमा समेटिएको छ । लेखक भूमिकाले आफूहरुलाई छोरीको रुपमा हेर्न सामूहिक आग्रह गदै आफूलाई छोरी भएकामा गर्व लागेको बताइन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै