• २०८१ बैशाख ८ शनिबार

विवेकशील साझा पार्टीले भन्यो - वैकल्पिक दल बनाउने अभियानमा घात भयो 

kharibot

काठमाडौँ । आफ्ना एक संयोजक उज्ज्वल थापाले नयाँ दल दर्ता गरेपछि विवेकशील साझा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ  । पार्टी प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै संयोजक थापाले नयाँ दल दर्ता गरेको खबरले आफुहरु आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

पार्टीमा केहि समय देखि मत भिन्नता रहेको भएपनि पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संयोजक थप को यो कदमले देशमा वैकल्पिक पार्टी निर्माण गर्ने उद्धेश्यमा घात भएको भन्दै पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा थापाले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ भन्ने उल्लेख गरिएको छ ।

पार्टीको यहि पौष ३० गते केन्द्रिय समितिको बैठक बस्ने र सो बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहने संपूर्ण पार्टी सदस्यहरु, पार्टी अभियानकर्ताहरू तथा संपूर्ण पार्टी संगठनहरु नियमित रुपमा क्रियाशील रहनेछन् भन्दै यस्तो क्रियाशीलता अझ सुदृढ र एकताबद्ध हुनेछ भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै