• २०८१ बैशाख ८ शनिबार

मिस वर्ल्ड मानुषीलाई फराह खानले बलिवुडमा लन्च गर्दै 

kharibot

काठमाडौँ । चर्चित कोरियोग्राफर तथा फिल्म निर्देशक फराह खानले मिस वर्ल्ड २०१७ मानुषी चिल्लरलाई बलिवुडमा डेभ्यु गराउने भएकी छन् ।

सन् २००८ मा अहिलेकी नम्बर एक अभिनेत्री दीपिका पदुकोनेलाई आफ्नो फिल्म ओम शान्ति ओमबाट बलिवुडमा डेभ्यु गराएकी फराहले अब मानुषीलाई पनि बलिवुडमा ल्याउने भएकी हुन् । भारतीय मिडियाहरुले उल्लेख गरे अनुसार फराह र मानुषीबीच फिल्मका बारेमा काम सुरु भइसकेको छ ।

मानुषीले यसअघि नै बलिवुडमा आउने आफ्नो इच्छा व्यक्त गरिसकेकी छन् । यस अघि मानुषीले अभिनेता रनबीर सिंहसँग एक विज्ञापनमा काम गरिसकेकी छन् । सो विज्ञापनमा मानुषीको कामलाई निकै प्रसंशा गरिएको थियो ।

मानुषीले २०१७ मा मिस वर्ल्डको उपाधि जित्दै १७ बर्षपछी भारतलाई सो उपाधि जिताएकी थिइन् । त्यसअघि भारतबाट सन् २००० मा प्रियंका चोपडाले सो उपाधि जितेकी थिइन् । मेडिकल अध्ययन गरेकी २१ बर्षिय मानुषी मिस वर्ल्डको उपाधि जित्ने छैठौ भारतीय हुन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै