• २०८१ बैशाख ८ शनिबार

महिला टी-२० स्म्यासमा नेपालको विजयी सुरुवात, चीन १० विकेटले पराजित  

kharibot

काठमाडौँ । थाइल्याण्डमा आज देखि सुरु भएको महिला टी-२० स्म्यास अन्तर्गत नेपाली महिला टिमले विजयी सुरुवात गरेको छ ।

चीनले दिएको ४९ रनको लक्ष्य पछाएको नेपालले विना कुनै विकेट गुमाएर ८.४ ओभरमा सो लक्ष्य पुरा गर्दै चीनमाथि १० विकेटको जित हासिल गरेको छ ।

नेपालको जितमा ओपनर काजल श्रेष्ठ र सीता राना मगरले नटआउट रहदै जित दिलाएका थिए । काजलले १४ र सिताले २४ रन बनाएकी थिइन् । नेपालले ११ रन अतिरिक्त रनको रुपमा पाएको थियो ।   

यसअघि नेपालले टस जितेर पहिला बलिंग गरेको खेलमा चीन ४८ रनमा समेटिएको थियो । चीनले २० ओभरमा ६ विकेट गुमाउदै केवल ४८ रन बनाएको थियो । नेपालका लागि नेरी थापा र करुणा भण्डारीले कसिलो बलिङ गरेका थिए । 

नेपालका लागि नेरीले २ र करुणाले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाएको थियो ।

नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएकी थिइन् । 

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चिनले आफ्नो इनिंगमा मात्र ३ वटा चौका प्रहार गरेको छ ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले जनवरी १३ मा मलेसिया, १४ मा युएईको १६ मा थाईल्याण्ड ए टिमको सामना गर्नेछ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै