• २०८१ बैशाख ७ शुक्रबार

एकदिवसीय क्रिकेटमा धोनीको १० हजार रन 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका पुर्वकप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय खेलमा १० हजार रन बनाएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा खेलिरहेका धोनीले आफ्नो १० हजार रन पुरा गरेका हुन् । धोनीले ३३० एकदिवसीय खेलमा २७९ इनिंग खेल्दै आफ्नो १० हजार रन पुरा गरेका छन् । 

धोनी एकदिवसीय क्रिकेटमा १० हजार रन बनाउने पाँचौ खेलाडी हुन् । यस अघि सचिन तेन्दुलकर (१८४२६), सौरभ गांगुली (११२२१), राहुल द्रभिड (१०७६८), विराट कोहली (१०२३५) रन बनाएका छन् ।

धोनीले अहिलेसम्म एकदिवसीय खेलमा सर्वाधिक १८३ रन बनाएका छन् भने ९ शतक र ६७ अर्धशतक बनाएका छन् । विश्वमा भने धोनी एकदिवसीय खेलमा १० हजार रन बनाउने १३औ खेलाडी हुन् । 

एकदिवसीय खेलमा सबै भन्दा धेरै रन बनाउने खेलाडी भारतका सचिन तेन्दुलकर हुन् भने श्रीलंकाका कुमारा संगाकारा दोस्रो र अस्ट्रेलियाक रिक्की पोंटिङ तेस्रो धेरै रन बनाउने खेलाडी हुन् । 

त्यस्तै श्रीलंकाका सनथ जयसूर्या, महिला जयवर्दने, तिलकरत्ने दिलसान, पाकिस्तानका इन्जमाम उलहक, दक्षिण अफ्रीकाका ज्याक कालिस र वेस्टइन्डिजक ब्रायन लाराले समेत एकदिवसीय खेलमा १० हजार रन बनाएका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै