• २०८१ बैशाख १३ बिहीबार

रोहितको शतकका बाबजुद भारतमाथि अस्ट्रेलियाको शानदार जित 

kharibot

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो एकदिवसीय खेलमा भारतलाई ३४ रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा १-० को बढत लिएको छ । अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछाएको भारत ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको थियो ।

भारतका लागि ओपनर रोहित शर्माले १३३ रनको उत्कृष्ट पारी खेलेपनि उनले भारतलाई जित दिलाउन भने सकेनन् । रोहितले १२९ बलमा ६ छक्का र १० चौका सहित १३३ रन बनाएर आउट भएका थिए । भारतले सुरुवात मै तीन विकेट गुमाउदा दबाबमा आएको थियो । भारतका लागि शिखर धवन र अम्बाती रायडु शुन्यमा आउट भएका थिए भने कप्तान विराट कोहली ३ रनमा आउट भएका थिए ।

त्यस्तै महेन्द्र सिंह धोनीले ५२ रन बनाएका थिए । धोनी र रोहितले चौथो विकेटका लागि १३७ रनको साझेदारी गरेका थिए । त्यस्तै दिनेश कार्तिकले १२, रविन्द्र जडेजाले ८ रन र भुवनेश्वर कुमारले अविजित २९ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर झये रिचार्डसनले सर्वाधिक ४ विकेट लिए भने जेसन बेहरेनडोफ र मार्कोस स्टोइनेसले २-२ विकेट लिएका थिए । त्यस्तै पिटर सिडलले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थिए । अस्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकबले सर्वाधिक ७३ रन बनाए भने उसमान ख्वाजाले ५९ रन बनाएका थिए । त्यस्तै शान मार्शले ५४ तथा मार्कोस स्टोइनिसले ४७ रन बनाएका थिए ।

भारतका लागि भुवनेश्वर कुमार र कुलदीप यादवले एक एक विकेट लिएका थिए भने रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै