प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

खरीबोट

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पौष २७ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय महामहिम राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । 

औपचारिक भारत भ्रमणको दौरान प्रधानसेनापति थापाले शुक्रबार २७ गते नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण भ्रमण गरेका थिए ।
 
 

सम्बन्धित समाचार

प्रधानसेनापति थापा शुक्रबार भारतको औपचारिक भ्रमणमा जादै 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबारदेखि मित्रराष्ट्र भारतका औपचारिक भ्रमण गर्ने भएका छन् ।  प्रधानसेनापति थापा भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा शुक्रबार औपचारिक भ्रमणको लागि मित्रराष्ट्र भारत प्रस्थान गर्ने

नेपाली सेनाको प्रवक्तामा सहायक रथी ढकाल 

काठमाडौँ । नेपाली सेनाको प्रवक्ता सहायक रथी याम प्रसाद ढकाल बनेका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक

सैन्य तालीम पूरा, सिपाही बने ५०९ जना सैन्य

नुवाकोट । सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन् । सैन्यबाट सिपाही

नेपाली सेनामा भर्ना गर्दा अनियमितता गर्ने २३ अधिकृतसहित १८७ जनाको कोर्ट मार्शल 

काठमाडौँ। नेपाली सेनाले २०७३ र २०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमितता गर्ने २३ अधिकृतसहित १८७ जनालाई कोर्ट मार्शलको लागि सिफारिश गरेको छ  २०७३ र २०७५ सालमा नेपाली सेनामा


z