• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पौष २७ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई शनिबार भारतको राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा भारतीय महामहिम राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । 

औपचारिक भारत भ्रमणको दौरान प्रधानसेनापति थापाले शुक्रबार २७ गते नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण भ्रमण गरेका थिए ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै