पेरिस विष्फोट : घाइतेमध्ये दुई जनाको मृत्य

खरीबोट

पेरिस । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ । 

ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ । 

घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो । 

यसअघि दिइएको जानकारीमा “घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका र २४ जनालाई सामान्य चोट लागेका छ ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए । 

सम्बन्धित समाचार

चितवनमा दुई स्थानमा सिलिण्डर ग्यास विष्फोट

चितवन । नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक

विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई

नक्खु विष्फोट र टावर जलाउने शंकास्पद १६ पक्राउ

काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।  काठमाडौँ

एनसेल कार्यालय विष्फोट : गम्भीर घाइते गुरुङको मृत्यु  

काठमाडौँ ।  ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि शुक्रबार बेलुकी बम विस्फोट हुँदा घाइते भएका सिंहप्रताप गुरुङको मृत्यु भएको छ ।  शुक्रबार बेलुकी ७:५५ बजे नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट


z